काठमाडौं,माघ १७- काठमाडौं उपत्यका खानेपानी लिमिटेडले विभिन्न पदहरुमा कर्मचारीको दरखास्त आह्वान गरेको छ ।
उपप्रवन्धकदेखि चालकसम्मका २७ पदमा खुल्ला तथा समावेशी र आन्तरिक प्रतियोगिताबाट लिखित परीक्षा सञ्चालन गरी स्थायी पदपूर्ति गरिने शुक्रबार प्रकाशित सूचनामा उल्लेख छ ।
इच्छुक र योग्यता पुगेका उम्मेदवारले सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र त्रिपुरेश्वरस्थित मानव स्रोत विकास शाखामा आवेदन बुझाउन सक्नेछन् ।
FACEBOOK COMMENTS