काठमाडौं जेसीजमा मुकुन्द दाहालको नेतृत्वमा सर्वसम्मत कार्यसमिति
काठमाडौं, शनिबार सम्पन्न काठमाडौं जेसीजको ३७ औं अधिवेशन तथा ४९ औं साधारणसभाले मुकुन्द दाहाललाई अध्यक्षमा चुनेको छ । अध्यक्षका प्रत्याशी जेसी पारस पोखरेलले काठमाडौं जेसीजलाई एकताबद्ध बनाउन भन्दै उम्मेदवारी फिर्ता लिए लिए पश्चात् दाहाल सर्वसम्मत चयन भएका हुन् । अधिवेशनबाट कार्यकारिणी उपाध्यक्षमा जेसी अनुप सुनुुवार र जेसी रफी भण्डारी सर्वसम्मत चयन भएका छन् । त्यस्तै उपाध्यक्षहरुमा जेसी ध्रुव तिवारी, जेसी निरोज खतिवडा, जेसी नारायण आचार्य, जेसी हेम भण्डारी सर्वसम्मत चयन भएका छन् । वर्ष २०२० का लागि सबै पदमा सर्वसहमत नेतृत्व चयन भएको हो ।
साथै वर्ष २०२० का लागि विधान अनुसार अध्यक्षबाट मनोनितमा पर्नेमा महासचिवमा जेसी रामराज ओझा, कोषाध्यक्षमा जेसी श्याम घिमिरे, सह कोषाध्यक्षमा रामेश्वर सिंखडा र सहसचिव कैलाश पोखरेल छन् । अध्यक्ष दाहालले कार्यकारिणी उपाध्यक्षमा जेसी करुणा थापा र उपाध्यक्षहरुमा जेसी रितिका खरेल र प्रतिकमान सिंग्दनलाई मनोनित गरेका छन् । वर्ष २०२० को कानूनी सल्लाहकारमा भने कैलाश श्रेष्ठ मनोनित भएका छन् ।
नवनिर्वा्चित अध्यक्ष जेसी मुकुन्द दाहालले काठमाडौं जेसीजको गरिमालाई उचो राख्ने गरी काम गर्ने प्रतिबद्धता जनाएका छन् ।
वर्ष २०१९ का अध्यक्ष जेसी भुवनकुमार श्रेष्ठले नवनिर्वा्चित समितिले काठमाडौं जेसीजको गरिमालाई नयाँ उचाईमा पुर्याउने विश्वास व्यक्त गर्दै बधाई ज्ञापन गरेका छन् । काठमाडौं जेसीजले यही वर्ष आफ्नो स्थापनाको स्वर्ण महोत्सव मनाएको थियो ।
FACEBOOK COMMENTS