![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाण्डौँ — नेपाली सेनाले काठमाडौं–तराई फास्ट ट्र्याकअन्तर्गत दुई अतिरिक्त सुरुङ थप्न र सुरुङ विस्तार गर्न प्रस्ताव अघि सारेको छ ।
कमजोर भौगोलिक अवस्था र कान्ति राजपथसँगको मार्गरेखा मिलाउन भन्दै सेनाले सुरुङ थप्न प्रस्ताव गरेको हो।
महादेवटारदेखि भद्रेसम्मको सुरुङ ३.३ किलोमिटर विस्तार गर्ने र भद्रेबाट जितपुर १.३७ किमि र १.४ किमि लेनडाँडामा अतिरिक्त सुरुङ बनाउनुपर्ने प्रस्ताव सेनाले ल्याएको हो ।
७६ किलोमिटर फास्ट ट्र्याकको ६.३ किलोमिटर सुरुङ थप्दा नक्सांकन जटिल हुने भएको छ भने लागतसमेत बढ्नेछ।
यी प्रस्तावबारे बोलपत्र आह्वान गरिसकिएको छ।
नेपाली सेनाले यस विषयमा निर्णय गर्न सरकारमाथि दबाब दिएको छ ।
एक खर्ब अनुमानित लागतको यो आयोजनामा थप पाँच अर्ब अतिरिक्त लागत थपिने भएको छ ।
— नागरीक
FACEBOOK COMMENTS