काठमाडौं । काठमाडौं महानगरपालिकाले सार्वजनिक गरेको आर्थिक बर्ष २०७८र२०७९को नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको छ । असार ३ गते काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले नवौँ नगरसभाको पहिलो बैठकमा नीति(तथा कार्यक्रम सार्वजनिक गरेका थिए ।
तर, उपमेयरसहित कांग्रेस निकटका जनप्रतिनिधिले नीति(तथा कार्यक्रमबारे केही अध्ययन गर्न दुई दिनको समय माग गरेपछि प्रमुख शाक्यले छलफल दुई दिनका लागि स्थगन गरेका थिए ।
छलफलमा उपमेयरसहितका काँग्रेस निकट वडाध्यक्षले नीति(तथा कार्यक्रममा समावेश गर्नुपर्ने केही बुँदा प्रमुख शाक्यलाई बुझाएका थिए । प्रमुख शाक्यले उनीहरुको सुझाव ग्रहण गर्ने बताउँदै सभा चलाएका थिए ।
‘कुनै दलको टिकट लिएर हामी निर्वाचनमा उम्मेदवार बन्यौँ होला । तर, निर्वाचन जितेपछि हामी जनप्रतिनिधि हौँ । म दल हेरेर उपमेयर, वडाध्यक्ष र सदस्यहरुलाई उपेक्षा गर्दिनँ,’ उनले भने ।
शाक्यले आन्तरिक समस्यालाई छलफलका माध्ययमबाट हल गर्न सकिने भन्दै अनावश्यक रुपमा मिडियावाजी नगर्न पनि सुझाव दिएका थिए ।
उनले कांग्रेसले राखेका धेरै जसो सुझाव नीति(तथा कार्यक्रममा समावेश भैसकेको बताए । ‘केहीचाँहि सुन्दा लोकप्रिय जस्ता सुनिए पनि व्यवहारिक रुपमा कार्यान्वयन गर्न सम्भव नहुने सुझाव छन् । सम्भव हुने सुझावलाई नीति(तथा कार्यक्रममा समावेश गर्नेछौं,’ उनले भने ।
शाक्यले नीति तथा कार्यक्रममा १ सय बेडको ‘काठमाडौँ महानगर विशेष अस्पताल’ स्थापना गर्ने, विद्युतीय सवारी करमा शतप्रतिशत छुट दिने, कोभिड(१९ को महामारीबाट प्रभावित करदातालाई विशेष छुटरसहुलियत दिने, महानगरवासीलाई ‘नागरिक स्वास्थ्य विमा कार्यक्रम’, ‘एक वडा एक नमूना विद्यालय कार्यक्रम’ सहरी स्वाथ्य क्लिनिकबाट विशेषज्ञ चिकित्सकसहितको निःशुल्क सेवा लगायतका कार्यक्रम ल्याएका थिए ।
FACEBOOK COMMENTS