काठमाडौं, फागुन ७ – काठमाडौं महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र दिवस २०७७ को पूर्वसन्ध्यामा काठमाडौं महोत्सव सम्पन्न गरेको छ । दरवार मार्गमा आयोजना गरिएको महोत्सवमा कलाकारहरुसँगै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको प्रस्तुति रहेको थियो ।
राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा पारेर राष्ट्रिय भावना जागृत गराउन सुरक्षा निकायका प्रस्तुति राखिएका थिए । महोत्सवका बारेमा जानकारी दिँदै महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले भने — ‘कोविड १९ को महामारीले आममानिसमा परेको त्रास कम गराउँदै आर्थिक गतिबिधिलाई चलायमान बनाउन महोत्सव आयोजना गरिएको हो ।’
कार्यक्रममा महानगरका प्रमुख विद्यासुन्दर शाक्य , सुरक्षा निकायका प्रमुख तथा अधिकृतहरु, महानगरका वडाध्यक्ष, कार्यपालिका सदस्य तथा वडा सदस्यहरु, कर्मचारी र जनसाधारणको सहभागिता थियो ।
FACEBOOK COMMENTS