![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाण्डौँ — लगानी अभावले लामो समयदेखि रोकिएको काठमाडौं–कुलेखानी–हेटौडा सुरुङमार्ग निर्माणका लागि चिनियाँ कम्पनीसँग संयुक्त विकास सम्झौता (जेडीए) भएको छ ।
सुरुङमार्गको प्रवद्र्धक नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेड (एनपीबीसीएल) र चीनको पावर चाइना कम्पनीबीच यो सुरुङमार्ग परियोजनाको लगानी, विकास, वित्त व्यवस्थापन, आयोजना निर्माण तथा सञ्चालन व्यवस्थापनका लागि सहमति भएको हो ।
गत साता भएको जेडीएमा पावर चाइनाले परियोजनाको सम्पूर्ण लागतको ९५ प्रतिशतसम्म लगानी गर्ने सहमति गरेको एनपीबीसीएलले जनाएको छ ।
पावर चाइनाले ७५ः२५ अनुपातमा ऋण लगानीका लागि अन्तराष्ट्रिय वित्तीय संस्थाहरुबाट लगानीको व्यवस्थापन गर्ने जिम्मासमेत लिएको जनाइएको छ ।
पावर चाइनासँग २०७२ पुसदेखि नै कम्पनीले लगातार आपसी छलफल तथा विचार विमर्श गरेको थियो ।
— कारोबार
FACEBOOK COMMENTS