काठमाडौं, २२ वैशाख – ग्लोबल नेप्लिज सेफ फेडेरेशनले होटल एशोसियसन अफ नेपाल अर्थातहानले ६ महिना सम्म होटल बन्द राख्दै कामदारहरूलाई १२.५ प्रतिशत मात्र तलब दिने निर्णय गरेकामा सो निर्णयको विरोध गरेको छ । साथै फेडेरेशनले १२.५ प्रतिशत तलब लिन असहमत गरेको समयदेखि सबै सदस्यहरुलाई होटलले श्रम ऐन २०७४ को दफा १४५ बमोजिम कर्मचारी कटौतीको प्रक्रिया सुरु गरेको सूचना दिने र आंशिक वा पूर्ण रुपमा कर्मचारी कटौती गर्ने निर्णय गरिएको जानकारी गराएको भन्दै हानको सो कार्यले ग्लोबल नेप्लिज सेफ फेडेरेशनको ध्यानाकर्षण भएको जनाएको छ । फेडेरेशनका अध्यक्ष लक्ष्मन प्रसाद भन्डारीले सरकारको निर्णय विपरित हानबाट यस्तो निर्णय आउनु निकै दु:खद रहेको बताए ।
साथै उनले यस कदमबाट सम्पुर्ण होटल तथा रेस्टुरेन्ट सेफ (भान्से) जगत मर्महात भएको पनि स्पस्ट पारेका छन् । ‘यो विषम परिस्थिती सेफ (भान्से) जगतले पनि होटल ब्यवसायीको पिरमर्का बुझेका छन् भन्दै बन्दाबन्दीको अवस्थामा आकस्मिक रुपमा होटल ६ महिनासम्म बन्द राख्ने, १२.५ प्रतिशत मात्र तलब दिने, कर्मचारीलाई हटाउने भन्ने सम्मको निर्णय लिईनु सरासर गलत काम हो र यसलाई यथासिघ्र सच्याईनुपर्छ, यसको विकल्प छैन’ उनले भने । अध्यक्ष भण्डारीले यदि हानको निर्णय कार्यन्वयन भएको खण्डमा होटलमा कार्यरत सेफ लगायतका कामदारहरु भोकभोकै बस्नुपर्ने र पारिवारिक दायित्वलाई वहन गर्न समेत असमर्थ हुने उल्लेख गरे । साथै उनले कमसेकम होटल कामदारलाई दुई छाक खाना र ६ महिनासम्म कोठा भाडा सहयोग गरि सहज वातावरण सिर्जना गरिदिन सरकारको ध्यान आकृष्ट गर्न चाहेको बताए ।
FACEBOOK COMMENTS