![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
नेपाल चेम्वरअफ कर्मसले नेपाल उद्योग वाणिज्य महा संघको सदस्यता नविकरण नगरेर आफु पनि जिल्ला जाने बाटो रोजेपछि शुरु भएको विवाद नेपाल उद्योग वाणिज्य संघ काठमाण्डौ गठन भए संगै समाप्त भएको छ । काठमाडौं जिल्ला प्रशासन कार्यालय वाट विधिवध रुपमा दर्ता भएपछी नेपाल उद्योग वाणिज्य महा संघको काठमाण्डौ जिल्लाको सदस्य काठमाण्डौ उद्योग वाणिज्य संघ भएको हो । पे्रदेश ३ का अध्यक्ष दिनेश श्रेष्ठ अध्यक्ष रहेको छ भने उपाध्यक्षमा हेमराज ढकाल, जय प्रसाद सिवाकोटि र उत्तम श्रेष्ठ रहेको छ । महा–सचिबमा रमानाथ श्रेष्ठ, सचिबमा लोकनाथ गैरे कोषाध्यक्षमा सुषमा महरा सदस्यहरुमा प्रदिपमान प्रधान, राजेन्द्र शेरचन,रविन श्रेष्ठ,विरवहादुर कडेल , दुर्गाराज श्रेष्ठ लागायत ब्यत्तिहरु रहेकाछन् ।
FACEBOOK COMMENTS