काठमाडौं असोज १३ , कात्तिक १ पछि एकजनाले एउटा सहकारीमा मात्र सदस्यता लिनपाउने नियमले मर्जरमा जान आनाकानी गर्दै आएका सहकारी संस्थाहरुलाई यो ब्यवस्थाले मर्जरमा जान बाध्य पार्ने भएको छ ।
सहकारी संस्थाहरु पनि मर्ज हुनुपर्छ भन्ने विषय यसअघि नै उठे पनि विभागले सदस्यता दोहोरिन नपाउने गरी नियम ल्याएपछि धेरै सदस्य देखाएर आफू ठुलो हुँ भन्ने (सदस्य केन्द्रित) सहकारीलाई समस्या परेको छ । मर्जरमा जान सहकारी विभागले यसअघि नै निर्देशिका जारी गरे पनि अटेर गरिरहेका सहकारीहरुमा दबाब थपिएको हो ।
सहकारी ऐन, २०७४ को दफा ३२ को उपदफा १ ९क० मा कुनै व्यक्ति एक स्थानीय तहको एकै प्रकृतिका एकभन्दा बढी संस्थाको सदस्य बन्न नपाउने व्यवस्था छ । सो ऐन प्रारम्भ हुनुअघि एकभन्दा बढी संस्थाको सदस्य रहे तीन वर्षभित्र एक संस्थाको मात्रै सदस्यता कायम गर्नुपर्ने व्यवस्था छ । यही असोज मसान्तमा सहकारी ऐन, २०७४ जारी भएको तीन वर्ष पूरा हुँदैछ । त्यसैले अब कात्तिक १ गतेबाट सहकारीमा कोही पनि दोहोरो सदस्य बन्न पाइने छैन ।
सहकारी विभागका रजिष्ट्रार डा। टोकराज पाण्डे सदस्यता दोहो(याउन नपाइने प्रावधानले मर्जरमा सहयोग पुग्ने बताउँछन् । यदि कुनै व्यक्ति दुईवटा सहकारीको सदस्य रहेको पाइए विभागले सो व्यक्तिलाई तुरुन्तै कारबाही गर्ने उनको भनाइ छ ।
FACEBOOK COMMENTS