काठमाण्डौँ — डोटीको वीपीनगरमा निर्माणाधीन कापडीगाड जलविद्युत् आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।
२०७२ सालदेखि निर्माणाधीन आयोजनाको ९९ प्रतिशत काम पूरा भएको सहायक इन्चार्ज सरोज घिमिरेले बताए ।
३.३३ मेगावाट जलविद्युत्को ड्राइ टेस्ट र वेस्ट टेस्ट गर्ने काम भइरहेको छ ।
५५ करोडको अनुमानित बजेट तोकिएकामा ७० करोड भन्दा माथि खर्च भइसकेको छ ।
लागत रकम थप बढ्न सक्ने अनुमान गरिएको छ ।
— कारोबार
FACEBOOK COMMENTS