काठमाण्डौँ — ताप्लेजुङमा निर्माणाधिन काबेली ‘ए’ जलविद्युत् आयोजनाको काम ठप्प भएको छ ।
ठेकदारले छोडेर हिँडेपछि दुई महिनायता काम भएको छैन ।
यसले आयोजनालाई अनिश्चित बनाएको छ ।
चीनको सिभिल तथा हाइड्रोमेकानिकल ठेकेदार चेचियाङ हाइड्रो पावर कन्स्ट्रक्सन एन्ड इन्स्टलेसन कम्पनीले आफ्ना सबै मजदुर फर्काएको स्थानीयले बताएका छन् ।
पहिला सामान्य काम गरिरहेको कम्पनीले पुस दोस्रो सातादेखि भने पूरै काम ठप्प बनाएको प्रवद्र्धधक काबेली इनर्जी कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत शेरसिंह भाटले स्विकारे ।
कामको गुणस्तरप्रति असन्तुष्टि जनाएसँगै उनीहरूले काम छोडेको प्रवद्र्धक कम्पनीको दाबी छ ।
ताप्लेजुङ र पाँचथरको सिमाना भएर बग्ने काबेली नदीबाट ३७.६ मेगावाट विद्युत् उत्पादनका लागि २०७३ सालबाट निर्माणको काम सुरु भएको थियो ।
— कान्तिपुर
FACEBOOK COMMENTS