काठमाण्डौँ — अरुण काबेली पावर लिमिटेडले निर्माण गरिरहेको ‘काबेली बी वान’ जलविद्युत् आयोजनाको काम अन्तिम चरणमा पुगेको छ।
पाँचथर र ताप्लेजुङको सिमानामा बग्ने काबेली नदीबाट २५ मेगावाट विद्युत् उत्पादन गर्न लागिएको हो।
आयोजनाको काम अन्तिम चरणमा पुगेकाले वैशाखमा परीक्षण उत्पादन गर्ने आयोजनाका वरिष्ठ इन्जिनियर हस्तमान राईले बताए ।
निर्धारित समयमा आयोजनाको काम नसकिएपछि थपिएको समयमा ९९ प्रतिशत काम पूरा भएको हो।
गत वैशाखमा केन्द्रीय प्रणालीमा जोडिने लक्ष्यका २०७२ वैशाखमा आयोजनाको शिलान्यास भएको थियो।
— अन्नपुर्ण
FACEBOOK COMMENTS