![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाप घटाउन लागि काभ्रेको नागीडाँडामा आन्तरिक विमानस्थल बनाउने प्रक्रिया सुरु भएको छ ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मनत्रालयले ५ वर्षभित्र यसको निर्माण सक्ने भन्दै काम अघि बढाएको हो ।
नेपाल नागरिक उड्डयन प्राधिकरणलाई विमानस्थल निर्माणको जग्गा प्राप्ती गर्न मन्त्रालयले यो वर्ष २५ करोड रुपैयाँ उपलब्ध गराएको छ ।
नागीडाँडामा हाल वातावरणीय प्रभाव मुल्यांकन (ईआईए)को प्रक्रिया अघि बढिसकेको छ ।
केही समयभित्रै ईआईए प्रतिवेदन आउने र त्यसपछि जग्गा अधिग्रहणको काम सुरु हुने उड्डयन प्राधिकरणले जनाएको छ ।
FACEBOOK COMMENTS