![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
विराटनगर– कामदारको मासिक पारिश्रमिक न्यूनतम १२ हजार ५ सय भन्दा बढी निर्धारण नगर्न पूर्वका व्यवसायीले आग्रह गरेका छन् ।
सामाजिक सुरक्षा कोषअन्तर्गत मासिक २५ सय ७५ पाउने अदक्ष कामदारका लागि मासिक पारिश्रमिक १२ हजार ५ सयभन्दा माथि निर्धारण गरिएमा कारोबार गर्न नसकिने भन्दै व्यवसायीले त्यसभन्दा बढी निर्धारण नगर्न आग्रह गरेका हुन् ।
मोरङ व्यापार सङ्घका वरिष्ठ उपाध्यक्ष प्रकाश मुन्दडाले भारतका विभिन्न प्रान्त र बङ्गलादेशको समेत न्यूनतम मासिक पारिश्रमिक हेरेर मात्र नेपालमा निर्धारण गरिनुपर्ने तर्क राखे ।
उद्यमी मुन्दडाका अनुसार नेपालसित जोडिएको भारतको उत्तर प्रदेशमा अदक्ष कामदारको मासिक पारिश्रमिक१२ हजार १ सय ८१ रुपैयाँ छ । त्यस्तै विहार र पश्चिम बङ्गाल राज्यमा दैनिक ४ सय ६ रुपैयाँ ४० पैसा रुपैयाँ छ । बङ्गलादेशमा मासिक ५ हजार ३ सय बङ्गलादेशी टाका अर्थात् ६ हजार ९ सय ९२ रुपैयाँ छ।
महासंघले प्रस्ताव गरेको १२ हजार ५ सय मासिक पारिश्रमिक छिमेकी मुलुकका तुलनामा सबैभन्दा बढी रहेको उल्लेख गर्दै मुन्दडाले बैङ्कको चर्को ब्याजको भुमरीमा रुमल्लिइरहेका व्यवसायीले योभन्दा बढी भुक्तानी गर्न नसक्ने जिकिर गरे ।
FACEBOOK COMMENTS