काठमाडौं, फागुन २९- कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तार गर्ने क्रममा प्रदेश नं १ अन्तर्गत सुनसरी जिल्लाको इनरुवा नगरपालिका वडा नं १ स्थित इनरुवा र झापा जिल्लाको मेचीनगर नगरपालिका वडा नं ७ स्थित इटाभट्टामा आफ्नो १२१औं र १२२ औं शाखा कार्यालयहरु स्थापना गरी कारोब सुरु गरेको छ ।
इनरुवा शाखाको समुद्घाटन इनरुवा नगरपालिका वडा नं १ का प्रमुख राजन मेहता तथा बैंकका संचालक चतुराखर अधिकारीले संयुक्तरुपमा उद्घाटन गरेका थिए ।
यसैगरी इटाभट्टाशाखाको समुद्घाटन मेचीनगर नगरपालिका मेची उद्योग वाणिज्य संघ झापाका वीरष्ठ उपाध्यक्ष मोहन निरौला तथा बैंकका संचालक चतुराखर अधिकारीले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।
काठमाडौं –३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा १२२ वटा शाखा तथा ६२ वटा एटीएम मार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ ।
FACEBOOK COMMENTS