![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाण्डौँ — बजार अनुगमनपछि कालीमाटी तरकारी बजारमा तरकारीको मूल्य २० प्रतिशतसम्म घटेको छ ।
केही समयदेखि नियमितरुपमा सरकारले गरेको बजार अनुगमनको प्रभावकारितास्वरुप अहिले कालीमाटी तरकारी बजारमा तरकारीको मूल्यमा कमी आएको हो ।
पछिल्लो समय वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनलाई तीव्रता दिइरहेको छ ।
किसानबाट उपभोक्तासम्म आइपुग्दा चार गुणासम्म मूल्य तिर्न बाध्य भएको भन्ने गुनासो आएपछि गत सोमबार बिहान ३ बजे अनुगमन टोली तरकारी बजार पुगेको थियो ।
सरकारले किसान र उपभोक्ताबीचकोे मूल्य कायम राख्न दबाब दिएपछि बुधबार दिउँसोदेखि खुलेको तरकारीको मूल्यमा कमी आएको विभागका अनुमगन अधिकृत ढुण्डिराज पोखरेलले जानकारी दिए।
यसअघि औपचारिक रुपमा अनुगमन गरे पनि प्रभावकारी हुन सकेको थिएन ।
—कारोबार
FACEBOOK COMMENTS