![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाडौं – नेकपाका सांसद महेश वस्नेतले नेपालमा कालोधन कारोबार बढ्दै गएको भन्दै नोटवन्दीको प्रस्ताव गरेका छन् ।
संघीय संसद अन्तर्गतको अर्थ समितिको बैठकमा बोल्दै उनले ५०० र १००० दरका नयाँनोट तत्कालछापेर प्रचलनमा ल्याउन माग गरे ।
उनले २ महिनाको समय दिएर नोट साटन दिन सकिने व्यवस्था सरकारलाई सुझाएका छन । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरन्जिवि नेपाल सहभागी बैठकमा उनले कालोधनको कारोबार समाप्त पार्न यस्तो प्रस्ताव राखेका हुन् ।
भारतमा पनि मोदी सरकारले कालोधनलाई समाप्त पार्न नोटवन्दी गरेको थियो । त्यहाँ नोटवन्दी गरेपनि ९९ प्रतिशत रकम साटिएको थियो ।
FACEBOOK COMMENTS