काठमाडौं, कात्तिक १ – कास्कीमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका १७ का ४७ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।
गएराति चरक अस्पतालमा उपचारको क्रममा निधन भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । उनमा गत असोज २३ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनमा कोरोना सँगै अन्य दीर्घ रोग समेत रहेको निर्देशनालयले जनाएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोनाको संक्रमणका कारण मृत्यु हुनेको संख्या ४९ पुगेको छ ।
FACEBOOK COMMENTS