काठमाण्डौ, भदौ ७ – कास्कीका जारी निषेधाज्ञाको समयावधि थप गरिएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीमा बसेको बैठकले थप ५ दिन निषेधाज्ञाको म्याद थप्ने निर्णय गरेको हो ।
जारी अवस्थाको निषेधाज्ञालाई १२ गतेसम्म लम्ब्याइएको पोखरा महानगरका मेयर मानबहादुर जीसीले जानकारी दिए ।
उनले अहिलेको अवस्थाभन्दा पनि निषेधाज्ञालाई कडा पारिने बताए । ‘निषेधाज्ञा थप्ने भैइयो,’ उनले भने, ‘अहिलेभन्दा पनि कडा पार्ने के, कोरोना भाइरस नि निषेधाज्ञा छ भनेपछि नआओस् त्यस्तो पार्ने हो ।’
FACEBOOK COMMENTS