कास्कीमा भदौ ३ गतेदेखि जारी निषेधाज्ञा खुकुलो बनाइएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीले भदौ २० गतेसम्मका लागि जोरबिजोर प्रणाली लागु गर्दै निषेधाज्ञा खुकुलो बनाउने निर्णय गरेको हो । प्रशासनले जिल्लामा जोर दिनमा जोर नम्बरका सवारी र बिजोर दिनमा बिजोर नम्बरका सवारी बिहान ६ बजेदेखि साँझ ८ बजेसम्म सञ्चालन गर्न पाउने जनाएको छ
समुदायस्तरमा संक्रमित भेटिन थालेपछि र चाडपर्वमा भीडभाड हुने भन्दै प्रशासनले ३ भदैदेखि ७ भदौसम्म निषेधाज्ञा लगाएको थियो । ७ भदौमा प्रशासनले ५ दिन निषेधाज्ञा थप्ने निर्णय गरेको थियो । शुक्रबार रातिदेखि निषेधाज्ञा सकिँदै थियो । तर, दिनहुँ मान्छे मर्ने क्रम बढेको र संक्रमित संख्या पनि बढेकाले निषेधाज्ञा पूर्ण रुपमा नहटाइएको बुझिएको छ ।
के गर्न पाइन्छ, के पाइँदैन ?, जिल्ला प्रशासन कार्यालयको सूचना हेर्नुहोस्:
FACEBOOK COMMENTS