माधब पौडेल किर्तीपुर, १७ भाद्र- किर्तिपुर नगरपालिका वडा नं. ६, चारघरेमा अवस्थित श्री जालपादेवी मन्दिर प्राचिनको हालै पुनर्निर्माण सम्पन्न भएको छ ।प्राचीन कालदेखिनै त्यसक्षेत्रका मानिसको प्रमुख धार्मिक स्थलको रुपमा सुपरिचित झण्डै ५ रोपनी क्षेत्रफलमा रहेको सार्वजनिक जमिनमा अवस्थित मन्दिरको लम्बाई १५ फिट र चौडाई १४ फिट ३ इन्च रहेको छ ।
मन्दिरको पश्चिमको भागमा ८ फिट, पूर्व, उत्तर र दक्षिण भागमा ३ फिट ६ इन्च उचाईको पर्खाल लगाइएको छ भने पर्खालको भित्रिभागमा अष्टमात्रिकाको मुर्ती स्थापना गरीएको छ ।मन्दिरको चारै कुनाबाट पोल राखी बीच भागमा चदुवा राख्ने तथा मन्दिरको चारैतिर वरीपरी झल्लर राख्ने गरिएको छ । मन्दिरको भित्ताहरु ईटा प्रयोग गरि डाँक्छी ईटाले घेरिएको छ,कलात्मक शैलीमा पुन:निर्माण गरीएको मन्दिरको पुराना ढुंगाको मु्र्तिहरूलाई व्यवस्थित गरि मन्दिरको हाता भित्र नै स्थापना गरीएको छ ।यस मन्दिरमा भएका मुर्तिहरु लिच्छवि कालिन देवी देवताको मुर्ति भएको स्थानीय जेष्ठ नागरिक चन्द्रकुमार बस्नेतको कथन रहेको छ ।
उनका अनुसार पछिल्लो समय राजा नरेन्द्र देव मल्लको पालामा यस मन्दिरको जिर्णोद्धार भएको बुझिन्छ । हालको मन्दिर करीव २० मिटर मुनी रहेको र वि.सं. २०३४ को वर्षा याममा गएको पहिरोले मन्दिर पुरै ध्वस्त भएको थियो र स्थानीयको पहलमा नै मन्दिर माथि सारिएको भनाई रहेको पनि उनले बताए । मन्दिरमा हरेक दिन श्रद्धालु भक्तजन दर्शन गर्न आउने गरेपनि वडा दशैको नौरथा भरी तथा पौष शुक्ल पुर्णिमा देखि माघ शुक्ल पुर्णिमा सम्म ठूलो मेला लाग्ने गर्दछ । गत २०७२ वैशाख १२ गते आएको महाभूकम्प पछि मन्दिरको मुख्य भाग भाँसिएको र पर्खालहरु चर्किएपछि बृहत चारघरे धार्मिक समितिले यसको जिर्णोद्धारको प्रयास जारी राखेको थियो ।
किर्तिपुर नगर पालिकाले यस बर्षको आर्थिक बजेट (२०७६/७७) मा पर्ने गरि रु. १०,००,०००(दश लाख ) को बजेट बिनियोजन गरि मन्दिर पुर्ण पुरुपमा पुनर्निर्माण भएको र लामो समय पश्चात पुनर्निमाण सम्पन्न भएपश्चात यहाँका बासिन्दामा खुशी छाएको स्थानीय प्रबिन बस्नेतले बताएका छन्। विभिन्न कालखण्डमा जल्पा देवीलाई विभिन्न नामले पुकारिएको पाईन्छ ।
FACEBOOK COMMENTS