काठमाडौं, भदौ १४ – काठमाडौं उपत्यका लगायतका देशका बिभिन्न स्थानमा कोरोनाभाइरसको संक्रमण बढ्दै गएपछि निषेधाज्ञा लागू गरिएको छ । देशका विभिन्न स्थानमा निषेधाज्ञा लागू भएसँगै कुखुराको मूल्य पनि घटेको छ ।
अहिले किसानहरूका खोरमै रहेका कुखुरा विक्री नहुँदा नयाँ उत्पादित चल्लाको माग घटेको छ । काठमाडौं उपत्यका लगायत देशका अन्य ठूला शहरमा पसल खोल्ने समय निश्चित भएकाले मासुको विक्रीसँगै मूल्य पनि घटेको छ ।
अहिले बजारमा कुखुराको मासु घटेर किलोको २ सय ४० रुपैयाँ पुगेको छ । निषेधाज्ञा लागू हुनुअघि कुखुराको मासु किलोको ३ सय ९० रुपैयाँ देखी ४ सय रुपैया सम्ममा किनबेच भइरहेको थियो ।
FACEBOOK COMMENTS