काठमाडौं, कात्तिक १७ – कुमारी बैंकले आफ्ना ग्राहकहरुका लागि ‘फोन लोन’को नयाँ अफर ल्याएको छ । ग्राहको सुविधाका लागि ‘फोन लोन’ नामक नयाँ कर्जा योजना बैंकले सार्वजनिक गरेको हो ।
आफ्ना सेवाहरुलाई डिजिटल मैत्री बनाउँदै ग्राहकहरुलाई सरल र सहज सेवा प्रदान गर्ने उद्देश्यले फोन लोन नयाँ सेवा सञ्चालनमा ल्याएको बैंकले जनाएको छ ।
कुमारी बैंकमा विभिन्न तलब खाता संचालन गरिरहेको ग्राहकहरुले अधिकतम ३० दिनसम्मका लागि अधिकतम रु. १ लाखसम्म कुमारी स्मार्ट मोबाइल बैकिङ्गबाट फोन लोन सुविधा सहजै प्राप्त गर्न सकिने बैंकले जनाएको छ । उक्त कर्जाको लागि कुनै पनि धितोको आवश्यकता रहने छैन ।
डिजिटल्ली प्रक्रिया अगाडि बढाउन सकिने यो कामका लागि कुनै निवेदन दिन र कानूनी कागजात पूरा गर्नु पर्दैन ।
ग्राहकहरुलाई आवश्यक भइरहने खर्च व्यवस्थापन गर्न फोन लोन सुविधाबाट अधिकतम लाभ प्राप्त हुनेमा बैंक विश्वस्त रहेको छ । बैंकले आगामी दिनहरुमा आफ्ना सेवाहरुलाई अझ सहज र डिजिटलमैत्री बनाउँदै लगिने प्रतिबद्धता जनाएको छ ।
FACEBOOK COMMENTS