काठमाण्डौँ — कुमारी बैंक र ब्लु क्रस हस्पिटलबीच सम्झौता भएको छ ।
आफ्ना ग्राहकहरुलाई स्वदेशमै गुणस्तरीय स्वास्थ उपचारमा सहुलियत दिने उद्देश्यले बैंकले हस्पिटलसँग सम्झौता गरेको हो ।
सम्झौतापत्रमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत राजीव गिरी र हस्पिटलका कार्यकारी व्यवस्थापन समितिका सदस्य सचिव रजत कृष्ण श्रेष्ठले हस्ताक्षर गरे ।
सम्झौता पछि ब्लु क्रस हस्पिटलका विभिन्न स्वास्थोपचार सेवा शुल्कमा ग्राहकवर्गले कुमारी बैंकको डेबिट तथा क्रेडिट कार्ड मार्फत भुक्तानी गर्दो आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।
कुमारी बैंक लिमिटेडका ग्राहकहरुले डेबिट÷क्रेडिट कार्डको प्रयोग गरी भारतको नयाँ दिल्लीस्थित मेदान्त हस्पिटल सहित नेपालका विभिन्न स्वास्थ्य सेवा प्रदायक संस्थाहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।
FACEBOOK COMMENTS