![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाण्डौँ – खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले काठमाडौंको सोह्रखुट्टेस्थित नयाँ बजार मल्टिभेन्यु पार्टी प्यालेसमा सिल गरेको छ।
अनुगमनका क्रममा यो पार्टी प्यालेसमा कुहिएको मासु प्रयोग गरेकोे पाइएपछि विभागले सिल गरेको हो।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका अधिकृत ईश्वर सुवेदी, आपूर्ति, वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध विभागका अधिकृत दीपक पोखरेल र महानगरीय प्रहरी, सोह्रखुट्टे र उपभोक्ताकर्मीसहितको अनुगमन टोलीले शनिबार पार्टी प्यालेसमा अनुगमन गरेको थियो।
गुणस्तरहीन वस्तु उत्पादन गरेको अभियोगमा अनुगमन टोलीले पार्टी प्यालेसमा सिल गरेको विभागका महानिर्देशक सञ्जीव कर्णले बताए ।
उनले पार्टी प्यालेसलाई खाद्य ऐन, २०२३ अन्तर्गत कारबाही हुने बताए ।
FACEBOOK COMMENTS