काठमाडौं । कृषि विकास बैंकको अध्यक्षबाट लक्ष्मी प्रपन्न निरौलाले राजीनामा दिएका छन् ।
सरकार परिवर्तन भएसँगै अर्थमन्त्रालयले ‘मार्ग प्रशस्त गर्दिए हुने थियो’ भन्ने आशय व्यक्त गरेपछि आफूले मार्ग प्रशस्त गर्दै बैंकको अध्यक्षबाट राजीनामा दिएको निरौला बताउँछन् । “सरकारभन्दा पनि अर्थ मन्त्रालयले मार्ग प्रशस्त गर्दिए हुने भन्ने आशय व्यक्त गरेपछि राजीनामा दिएँ, अन्य कुनै कारण हैन,” निरौलालले भने ।
नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक निरौला डा. युवराज खतिवडा अर्थमन्त्री हुँदा बैंकको अध्यक्ष नियुक्त भएका थिए । उनले यस अघि राष्ट्र बैंकमा झण्डै तीन दशक सेवा गर्दै सुपरिवेक्षण विभागको नेतृत्व तथा प्रवक्ताको समेत भूमिका निर्वाह गरेका थिए ।
कात्तिक १० गतेबाट लागु हुनेगरी राजीनामा दिएको भएपनि १२ गते मात्रै निरौलाको राजीनामा स्वीकृत भएको छ ।
FACEBOOK COMMENTS