काठमाडौं,माघ २१ -कृषि विकास बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार चालु आर्थिक वर्षको ६ महिनामा कृषि विकास बैंकले १ अर्ब ५८ करोड १७ लाख रुपैयाँ नाफा गरेको छ ।
गत वर्षको ६ महिनामा बैंकले १ अर्ब २८ करोड ८० लाख रुपैयाँ खुद नाफा गरेको थियो । गत वर्षको तुलनामा यो वर्ष बैंकले २९ करोड ३७ लाख रुपैयाँ नाफा बढाएको छ ।
खुद नाफा बढेसँगै बैंकको प्रतिशेयर आम्दानीमा पनि सुधार भएको छ। गत आर्थिक वर्षको पुस मसान्तसम्ममा २४ रुपैयाँ ९६ पैसा रहेको बैंकको प्रतिशेयर आम्दानी चालु आर्थिक वर्षको सोही अवधिमा ६ रुपैयाँ ५१ पैसा बढेर ३१ रुपैयाँ ४७ पैसा कायम भएको छ।
बैंकको मूल्य आम्दानी अनुपात १२।०१ गुणा कायम भएको छ। १४ अर्ब ९८ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा १० अर्ब ४१ करोड ८५ लाख रुपैयाँ र शेयरधनी कोषमा ४ अर्ब ४६ करोड २८ लाख रुपैयाँ सञ्चित छ।
पुस मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा १ अर्ब १४ करोड ८३ लाख रुपैयाँ रहेको छ। बैंकले सर्वसाधारणलाई १ खर्ब १५ अर्ब ३६ करोड ९ लाख रुपैयाँ कर्जा तथा लगानी गरेको छ ।
गत वर्षको ६ महिनामा बैंकले १ खर्ब ८ अर्ब ८० करोड ६६ लाख रुपैयाँ कर्जा तथा लगानी गरेको थियो ।
गत पुस मसान्तसम्ममा कृषि विकास बैंकमा १ खर्ब २७ अर्ब २१ करोड ६७ लाख रुपैयाँ निक्षेप छ । गत वर्षको सोही अवधिमा बैंकसँग १ खर्ब १८ अर्ब ८८ करोड ४९ लाख रुपैयाँ निक्षेप थियो ।
FACEBOOK COMMENTS