काठमाडौं, जेठ २१ – कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले हाल रासायनिक मलको समस्या नरहेको बताएको छ । मलको हालको अवस्थाको बारेमा जानकारी दिँदै शुक्रबार यी दुई कम्पनीले मलको समस्या नरहेको स्पष्ट पारेका हुन् ।
शुक्रबार दिइएको जानकारी अनुसार कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेशनसँग गरी हाल जम्मा ३५ हजार २९० मेट्रिक टन यूरिया, ५३ हजार ७३० मेट्रिक टन डिएपी, ८ हजार ४२ मेट्रिक टन पोटास र ४४४ मेट्रिक टन कृषि चुन रासायनिक मल मौज्दात रहेको जानकारी दिएको हो ।
त्यस अवसरमा ६५ हजार मेट्रिक टन यूरिया मल मार्गस्थलमा रहेको र असार महिनाभित्रै प्राप्त हुने अवस्था रहेको जानकारी दिइएको थियो ।
जम्मा मौज्दात रहेको रासायनिक मलमध्ये कृषि सामग्री कम्पनी लिमिटेडसँग २० हजार ८६ मेट्रिक टन यूरिया, ३९ हजार २८६ मेट्रिक टन डीएपी, ४ हजार १४६ मेट्रिक टन पोटास र ४४४ मेट्रिक टन कृषि चुन मौज्दात रहेको कम्पनीका प्रबन्ध सञ्चालक नेत्रबहादुर भण्डारीले जानकारी दिए ।
त्यस्तै साल्ट ट्रेडिङ कर्पोरेशनसँग हाल १५ हजार २०४ मेट्रिक टन यूरिया, १४ हजार ४४४ मेट्रिक टन डीएपी र ३ हजार ८९६ मेट्रिक टन पोटास रासायनिक मल मौज्दात रहेको कर्पोरेशनका प्रमुख कार्यकारी अधिकारी उर्मिला श्रेष्ठले जानकारी दिइन् ।
रासायनिक मलको अभाव नरहेको र ढुवानीमा देखिएको समस्या पनि सरकारले समाधान गरिसकेकाले ढुक्को रहन कम्पनीका प्रबन्ध सञ्चालक भण्डारीले जानकारी दिए ।
यो पनि पढ्नुहोस्–
FACEBOOK COMMENTS