काठमाडौं – चालु आर्थिक वर्षको ४ महिनामा ९ अर्ब ४० करोड ४७ लाख ६० हजार रुपैयाँ बराबरको तरकारी आयात भएको छ ।
चालु आर्थिक वर्षमा गत वर्षको तुलनामा झण्डै २ अर्ब रुपैयाँ बढीको तरकारी आयात बढेको हो ।
तथ्याङ्क विभागका अनुसार चालु आर्थिक वर्षको चौमासिकमा गत चालु आर्थिक वर्षको चौमासिकको तुलना गर्दा १ अर्ब ९९ करोड ८१ लाख ८९ हजार रुपैयाँ बराबरले तरकारी आयात बढेको देखिन्छ ।
गत वर्षको ४ महिनामा ७ अर्ब ४० करोड ६५ लाख ७१ हजार रुपैयाँ बराबरको तरकारी आयात भएको थियो ।
भन्सार विभागको तथ्यांक अनुसार गत वर्ष कूल २२ अर्ब ६७ करोड ०२ लाख ३५ हजार रुपैयाँ बराबरको तरकारी आयात भएको थियो ।
FACEBOOK COMMENTS