काठमाण्डौँ — काठमाडौंको चाबहिलस्थित केएल मोबाइल हबले जिरो डाउनपेमेन्टका साथै शून्य प्रतिशत ब्याजदरमा किस्ताबन्दीमा जुनसुकै ब्रान्डका मोबाइल उपलब्ध गराउने भएको छ ।
मोबाइल हबले आफ्नो पहिलो वार्षिकत्सवको अवसरमा साउन १९ गते शनिबारदेखि चाबहिलको केएल मोबाइल हबमा मेला आयोजना गर्दै यस्तो अफर सञ्चालन गरेको हो।
मोबाइल हबका अनुसार मोबाइल मेलामा जुनसुकै ब्रान्डका जुनसुकै मोबाइल शून्य प्रतिशत डाउनपेमेन्टका साथै शून्य प्रतिशत ब्याजदरमा किस्ताबन्दीमा खरिद गर्न सकिनेछ ।
ग्राहकले मोबाइलको ब्रान्ड र मूल्यअनुसार ६ महिना, १ वर्ष र १८ महिना अवधिको किस्ताबन्दीमा मोबाइल खरिद गर्न सक्ने मोबाइल हबका बिक्री प्रबन्धक सन्दीप उप्रेतीले जानकारी दिए ।
उनका अनुसार मेला अवधिमा हबमा पुरानो मोबाइलसँग नयाँ मोबाइल साट्न पनि सक्नेछन् ।
यस्तै केही ब्रान्डका मोबाइलहरू शून्य प्रतिशत डाउनपेमेन्टमा समेत किन्न सकिने मेलामा १० देखि ५० प्रतिशतसम्मको डाउन पेमेन्टमा मोबाइल किन्न सकिन्छ ।
ग्राहकले किस्ताबन्दीमा मोबाइल खरिद गर्न आफ्नो नागरिकता, रोजगारीताको प्रमाणपत्र र आम्दानी विवरणको कागजात उपलब्ध गराउनुपर्ने हुन्छ ।
— नयाँ पत्रिका
FACEBOOK COMMENTS