काठमाडौँ, भदौ २८ – केटीएमले भोलि सोमबार एकै दिन दुई नयाँ मोटरसाइकल सार्वजनिक गर्ने भएको छ । यी दुबै मोडल बीएस ६ इन्जिन युक्त हुने छन् । ड्यूक २०० बीएस ६ र ड्यूक २५० सार्वजनिक गर्ने भएको हो ।
ड्यूक २०० र २५० को बुकिङ यसअघि लिदैँ आएको थियो । त्यतिबेला ग्राहकले ३० हजार टोकन रकम बुझाएर बुकिङ गरेका थिए ।
‘भोलि ड्यूक २०० र २५० एकैसाथ बीएस ६ इन्जिनमा सार्वजनिक गर्दैछौं’ कम्पनी स्रोतले मेरोअटोसँग भन्यो ।
योसँगै बीएस ६ मोटरसाइकल भित्र्याउने केटीएम पहिलो कम्पनी भएको छ । हालसम्म नेपालमा अन्य कम्पनीले बीएस ६ मोडलका मोटरसाइकल ल्याएका छैनन् ।
ड्यूक २५० मा २४८.८ सीसी सिगंल सिलिन्डर लिक्वीड कुल्ड एफआई इन्जिन रहेको छ । यो इन्जिनले २९.६ बीएच पावर तथा २४ एनएम टर्क जेनेरेट गर्छ । यसमा ६ स्पीड गियरबक्स रहेको छ ।
यस्तै केटीएम ड्यूक २०० मा १९९.५ सीसी सिंगल सिलिन्डर, एफआई, लिक्वीड कुल्ड इन्जिन रहेको छ । यो इन्जिनले १०००० आरपीएममा २५ पीएस पावर तथा ८००० आरपीएममा १९.३ एनएमको टर्क जेनेरेट गर्छ । यसमा ६ स्पीडको गियरबक्स जडान गरिएको छ ।
यी दुबैमा फुल डिजिटल कन्सोल, फुल एलइडी लाइट, गियर इन्डिकेटर, अलोय ह्वील, एबीएस, यूएसडी फर्क जस्ता फिचर रहेको छ ।
बीएस ६ ड्यूक २०० को मूल्य ५ लाख ४० हजार र २५० को मूल्य ६ लाख ४० हजार रुपैयाँ तोकिएको छ ।
FACEBOOK COMMENTS