काठमाडौं, चैत ५ – नेपालको सबैभन्दा छिटो बढिरहेको प्रिमियम मोटरसाइकल ब्राण्ड केटीएमले बहु–प्रतिक्षित केटीएम २५० एडेभेन्चर लन्च गरेको छ । यसको देशभरिका समस्त केटीएम शोरुममा बुकिङ्ग खुला गरिएको छ । यसको मूल्य ७ लाख ४९ हजार ९ सय निर्धारण गरिएको छ ।
नेपालमा व्यापकरुपमा बढिरहेको एडभेन्चर मोटरसाइकलको सेग्मेन्टलाई विस्तार गर्नको लागि केटीएम २५० एडेभेन्चर लन्च गरिएको हो । यस अघिको केटीएम ३९० एडेभेन्चरले उत्साहिहरुको कल्पनात्मकता र अपेक्षालाई पूरा गरेको थियो । एड्भेन्चर बाइकिङ्गको संसारमा ग्राहकहरुलाई पहिलो कदम चाल्न लगाएर केटीएम २५० एडेभेन्चर यो फ्रेन्चाइजलाई अझ बढाउने अपेक्षा गरिएको छ ।
उत्कृष्ट ह्यान्डलिंग र ईञ्जिन पन्चका साथ लाइटवेट प्याकेजमा आउने यो एड्भेन्चर केटीएम परिवारको नवीनतम एडिशन हो । यसको वृहत् डिस्प्लेसमेन्ट सिब्लीङको इलेमेन्टहरूको प्रयोग गरेर, केटीएम एडभेन्चर अत्यन्त विशेषताहरु प्रदान गर्दछ, जुन ट्राभल–एन्डुरो विश्वको लागि इन्ट्री प्वाईट हो ।
केटीएम २५० एडेभेन्चरमा एक शक्तिशाली, २४८ सीसीको अत्याधुनिक डीओएचसी फोर–भल्भ सिंगल सिलिन्डर लिक्विड कूल्ड ईन्जिन छ । जसले पावरब्यान्ड मार्फत सहज र आत्मविश्वास–प्रेरणादायक डिलिभिरी प्रदान गर्दछ, जुन बढी पुस गर्दा पनि स्पष्ट र रमाइलो छ । इलेक्ट्रोनिक प्mयूल ईन्जेक्शनले ३० एचपी (२२ किलोवाट) पावर र २४ एनएम टर्कÞमा प्रदर्शन संख्या बढाउन मद्दत गर्दछ ।
प्राविधिक तवरले अत्याधुनिक पावर असिस्ट स्लिपर क्लचले ६–स्पीड गियरबक्सको माध्यमबाट मुभमेन्टको लागि मद्दत गर्दछ र सहज र जर्क फ्री क्लच–लेस डाउन सिफ्टिङ्ग गर्न मद्दत गर्छ । संक्षेपमा भन्नु पर्दा, यस मोडेलले उच्च–गुणस्तरीय बनौट, ईन्जिनियरिंग र डाकार ¥याली हेरिटेज अपनाउँछ, जसले केटीएम एड्भेन्चरको समस्त लाइन–अपको प्रतिनिधित्व गर्दछ ।
उच्च–स्तरीय कम्पोनेन्ट्री भएको केटीएम २५० एडेभेन्चर, डब्लुपी एपेक्स सेटको स्पेन्शन प्रयोग गरिएको हुन्छ । पछाडिको शक एब्जोबरमा मिलाउन मिल्ने प्रिलोडका साथ १७७ एमएम ट्राभल रेन्ज हुन्छ भने डब्लुपी एपेक्स अपसाइड–डाउन ४३ एमएम अगाडिको फोर्कमा १७७ एमएम ट्राभल रेन्ज हुन्छ । यसमा हेभ्भी–ड्यूटी काष्ट व्हीलहरु र ट्राभल–स्पेसिफिक ट्यूबलेस टायर्स छ र यसले हरेक अवस्थामा उत्कृष्ट ड्याम्पीङ प्रदान गर्छ ।
ब्रिम्बोद्वारा निर्मित अत्याधुनिक ब्रेक्समा ४–पिस्टन ¥याडियल्ली माउन्टेड क्यालिपरका साथ २३० एमएम रियर ब्रेक डिस्क र लार्ज ३२० एमएम फ्रन्ट ब्रेक डिस्क हुन्छ । बोशको अत्याधुनिक एबीएस प्रणालीले यसमा अफ–रोड मोड थप गरेको छ, जसले ड्यासबोर्डमा भएको बटनबाटै अफ–रोड मोड चयन गरेर चालकलाई ज्यादै साँगुरो बाटोमा पनि आरामले चलाउन मद्दत गर्दछ ।
१४.५ लिटर ट्याङ्क र इन्धन फाह्रो गर्ने बीएस६ ईमिशन ईञ्जिनले चालकलाई विभिन्न भू–भागमा लामो दूरीको एड्भेन्चरहरु गर्न तम्तयार गर्दछ ।
FACEBOOK COMMENTS