![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाडौं – केरुङ–काठमाडौं रेलमार्गको विषयमा छलफल गर्न नेपाली टोली चीन गएको छ । भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयका सचिव मधुसुधन अधिकारी, रेल विभागका महानिर्देशक अनन्त आचार्य सहितको टोली चीन गएको हो ।
चिनियाँ रेल विभागको निमन्त्रणामा नेपाली टोली बेईजिङ जान लागेको हो ।
टोलीले केरुङ काठमाण्डौ रेलमार्ग सम्भाव्यता अध्ययनका लागि गठित टोलीसँग विशेष छलफल गर्ने कार्यक्रम छ । छलफल पछि मंगलबारसम्म प्रतिवेदन सार्वजनिक हुने बताईएको छ ।
यस अघि विभागले भने असोजमा प्रतिवेदन ल्याउने जानकारी दिएको थियो । चीन सरकारको प्राविधिक टोली गत जेठमै केरुङ–काठमाडौं रेल मार्गको सम्भाब्यता अध्ययन गरी फर्किएको थियो ।
FACEBOOK COMMENTS