काठमाडौं – चक्रपथको कोटेश्वर–कलंकी सडकखण्डको काम अन्तिम चरणमा पुगेको छ ।
डिसेम्बर १५ मा आफ्नो जिम्मेवारीमा रहेका सबै काम सकिएको घोषणा गर्दै हस्तान्तरण गर्ने चीनको सांघाई कन्स्ट्रक्सन ग्रुप कम्पनीको तयारी छ ।
५ वर्ष लगाएर बिस्तार गरिएको ८ लेनको यो सडक–खण्ड शडक बनाएको हो ।
२७ किलोमिटर चक्रपथमध्ये सांघाई कम्पनीले १० दशमलव ३९ किलोमिटर सडक विस्तारको जिम्मेवारी लिएको थियो । यो शडक चीनकै अनुदानमा बनेको हो ।
सडक–खण्डमा नेपाल पक्षले गर्नुपर्ने काम अहिले रोकिएको छ । चिनियाँ ठेकेदार कम्पनीले नै ‘ह्याण्ड ओभर’ नहुन्जेल काम रोक्न आग्रह गरेकोले नेपाल पक्षको काम रोकिएको चक्रपथ सुधार परियोजनाका प्रमुख सुजन खनालले जनाएका छन् ।
नेपाल आफैंले गर्नुपर्ने आकाशेपुल, फुटपाथलगायत विस्तारको काम अहिले रोकिएको छ । चक्रपथ निर्माण गर्दा काटिएका खानेपानीका लाईन, बिजुली बत्ती लगायत पूर्वाधार निर्माणको काममा पनि रोकिएको छ ।
चिनियाँ ठेकेदार कम्पनीसँगको सम्झौताभन्दा ६ वटाभन्दा बढी आकाशे पुल बनाउने योजनामा सरकार छ ।
दोस्रो चरणमा कलंकी–नारायणगोपाल चोक खण्ड विस्तार हुने
सरकारले कोटेश्वर–कलंकी सडकखण्डको काम सक्ने बित्तिकै दोस्रो चरणको सडक विस्तारको तयारी पनि सुरु गरेको छ ।
चिनियाँ डिजाईनमा आकाशे पुलको बारेमा उल्लेख नभएको र त्यसबारेमा छलफल पनि नभएकोले अहिले नेपालले नै केही ठाउँमा आकाशे पुल थप गरी बनाउन लागेको परियोजनाले जनाएको छ ।
कलंकी–कोटेश्वर सडकखण्डमा हजारौं रुखहरु काटिएका छन् । सडक–खण्डमा रुख रोप्नका लागि केही खालि ठाउँ छाडिए पनि वृक्षारोपण भने भएको छैन ।
FACEBOOK COMMENTS