काठमाडौं, अर्थविद् चन्द्रमणी अधिकारीले कोरोना भाइरस (कोभिड–१९) बाट जोगिदै अर्थतन्त्रलाई पनि जोगाउन लाग्नु पर्ने बताएका छन् । सम्बाद क्लव नेपालले आयोजना गरेको अन्तर सम्वाद कार्यक्रममा बोल्दै उनले खाली समयममा कुरा गरेर बस्नुको सटटा उत्पादन मुलक काम गर्न आग्रह गरे।अर्थविद् अधिकारीले अहिले शैक्षिक संस्था लगायत विभिन्न कार्यालयहरु बन्द भएको अवस्थामा आफनो घर गएर खेती किसान र घरेलु काम गर्न सकिने बताए । अहिले विश्वसंगै नेपालमा समेत कोरोनाको कारण आर्थिक संकट हुन सक्ने भन्दै हाम्रो जस्तो मुलुकले सामान्य आत्मनिर्भर बन्न सके मात्र पनि फाइदा हुने अधिकारीको भनाई छ । डा. अधिकारीले धेरै भीड्भाड हुने ठूला उद्योग र कार्यालय बन्द गरिए पनि साना घरेलु लगायत कृषी सम्बन्धी काम गर्न सकिने औंल्याए ।
नेपाल चेम्बर अर्फ कमर्सका बरिष्ठ उपाध्क्ष राजेन्द्र मल्लले कोरोनाको जोखिमबाट बच्न सवै नेपाली एक जुट भएर जुटन् जरुरी रहेको औंल्याए। विश्वमा फैलिएको कोरोनाले नेपालको अर्थतन्त्रका समेत असर गर्न थालेको भन्दै समस्यालाई शक्तिमा बदल्न जरुरी रहेको मल्लले बताए । उनले बजारमा औषधि कच्चा प्रदार्थ आठ महिनालाई पुग्ने मौज्दात रहेको र सामानहरु आयात भइरहेकोले डराइहाल्ने अवस्था नरहेको स्पष्ट पारे ।उपभोक्ताले बजारमा सामान अभाव हुन्छ भन्ने हल्लामा लागेर अनावश्यक धेरै सामान खरिद गरेर नराख्न समेत बरिष्ठ उपाध्क्ष मल्ले आग्रह पनि गरे । बजारमा सामान अभाव भयो भनेर कालोबजारी गर्ने व्यापारीलाई कावाहि गर्न चेम्बरले सरकारलाई सहयोग गर्ने धारणा समेत राखे ।
उद्योग वाणिज्य महासंघका दिनेश श्रेष्ठले कोरोनाको कारण देशको अर्थतन्त्रलाई जोगाउन सरकारले साझा रणनीति बनाउन जरुरी रहेको बताए । अहिले उद्योगी व्यवसायीहरु आर्थिक रुपमा घाटामा गएकोले प्रोत्साहन गर्ने कार्यक्रम ल्याउन आग्रह गरे । जनतालाई अत्यावश्यक सामान उपलव्ध गराउन व्यवसायीहरु सक्रिय भएर लागेको समेत श्रेष्ठले बताए ।