काठमाडौं, पुस २ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसबाट संक्रमित कोभिड १९ का बिरामीको उपचार गरेर पनि सरकारी सूचना प्रणालीमा जानकारी नगराउने अस्पतालहरुको नविकरण रोक्का गर्ने भएको छ । मन्त्रालयको आज बसेको बैठकले कुनै पनि अस्पतालले कोभिड १९ का बिरामीको भर्ना गरी उपचार गरी स्वास्थ्य व्यवस्थापन सूचना प्रणालीमा जानकारी नगराएमा मन्त्रालय, प्रदेश वा स्थानीय तहबाट हुने अस्पताल नविकरण तथा सूचिकरण नहुने व्यवस्था गरेको छ ।
मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख डा. गुण राज लोहनीले सबै अस्पतालहरुलाई निर्देशन जारी गर्दै यसको जानकारी गराएका छन् । त्यस्तै मन्त्रालयले आइसोलेसन सेन्टर र अस्पतालमा रहेका मध्यम तथा सेभर केस बाहेक लक्षण देखिएका विरामी पनि १० दिनमात्रै आईसोलेसनमा रहने निर्णय गरेको छ ।
कुनै अस्पतालले कोभिड १९ का बिरामीको निःशुल्क उपचार गरेबापत शोधभर्ना रकम सरकारसँग माग गरेको भए बिरामीबाट कुनै शुल्क नलिन पनि निर्देशन गरेको छ । बिरामीबाट शुल्क लिएको पाइएमा सरकारले सोधभर्ना नदिने पनि मन्त्रालयले जनाएको छ ।
FACEBOOK COMMENTS