काठमाडौं, जेठ ७ – कोभिड–१९ महामारीको विद्यमान सङ्कटमा साथ दिन जीवी हेल्थ प्रालि र न्येफले आपसमा साझेदारी गरेका छन् । लामो समयदेखि ई–फर्मास्युटिकल क्षेत्रमा संलग्न जीवी र कोभिड–१९ का विरामीलाई निःशुल्क परामर्श दिँदै आएको न्येफबीचको सहकार्यले सेवामा थप सहजता आउने बताइएको छ ।
अब ‘न्येफ जीवी’ एपमार्फत कोभिड–१९ का विरामीहरूले थप परिस्कृत निःशुल्क सेवा पाउने भएका छन् । यो प्लेटफर्ममार्फत एमडी र डीएममाथिको योग्यता भएका विशेषज्ञहरूले हप्तामा दुईपटक निःशुल्क अनलाइन भिडियो परामर्श सेवाका लागि उपलब्ध हुनेछन् । यस सेवाको लाभ लिनका लागि सेवाग्राहीले ‘जीवी’ मोबाइल एप डाउनलोड गर्नु पर्ने छ ।
डाउनलोडपछि प्राप्त निर्देशन अनुसार प्रयोगकर्ताको रूपमा दर्ता गरेका सेवाग्राहीहरूले ‘नमस्ते डक्टर’ सुविधामार्फत निः शुल्क परामर्श बुक गर्न सक्ने छन् । हाल यो सेवा जीवी एपमा मात्र उपलब्ध रहेको बताइएको छ । ‘यो सेवा नमस्ते डाक्टर भनिने जीवीको अवस्थित सेवा अन्तर्गत शुरू गरिएको हो जहाँ तपाईं एन्ड्रोक्रिनोलाजिस्ट, त्वचा विशेषज्ञ, इत्यादिसहित नेपालका १०००+ शीर्ष विशेषज्ञहरूसँग भिडियो परामर्श लिन सक्नुहुन्छ,’ कम्पनीले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
जीवी हेल्थ प्रालि सन् २०१९ देखि ई–फर्मास्युटिकल क्षेत्रमा संलग्न छ । मुख्यतया जीवी एप र भर्खरै सशरू गरिएको वेबसाइट संस्करणको माध्यमबाट काम गर्दै आइरहेको जीवी हेल्थको लक्ष्य टेक्नोलोजीको माध्यमबाट नेपालमा स्वास्थ्य सेवा परिवर्तन र पुनर्संरचना गर्नु रहेको बताइएको छ ।
नमस्ते डाक्टर महामारीको बेलामा क्लिनिकल सहायताको पहुँचको अभावलाई कम गर्नका लागि २०२० मा तीन हप्तामा शुरू गरिएको थियो । यसले डाक्टरहरूलाई वास्तविक समय डिजिटल प्रिस्क्रिप्सन प्रदान गर्न र घरको फार्मेसीबाट बिरामीहरूलाई उनीहरूको औषधि र स्वास्थ्य आवश्यकताहरू घरमा प्राप्त गर्न अनुमति दिएर देशका टेलिमेडिसिनका अन्य रूपहरूबाट सहयोग गर्न लागि परेको कम्पनीको भनाइ छ ।
न्येप एक नाफा नकमाउने संस्था हो, जुन सकारात्मक व्यापारिक सोचलाई सशक्त पार्ने लक्ष्य राख्दछ । यसले उत्तम नेपालतर्फ सामूहिक नेतृत्वलाई बढावा दिने दाबी गरिएको छ । यो सेवाले नेपालको अग्रणी स्वास्थ्य अनुप्रयोग र देशको एक सक्रिय समूहद्वारा प्रदान गरिएको सेवाले चिकित्सा पेसेवरबाट कुनै उचित पर्यवेक्षणबिना नै घरबाट अलग रहेका मानिसहरूलाई केही राहत प्रदान गर्ने अपेक्षा गरिएको छ ।
FACEBOOK COMMENTS