तनहुँ (म्याग्दे)११ वैशाख / कोभिड -१९ राेकथाम गर्न म्याग्दे गाउँपालिकाले नयाँ याेजना लागु गरेको छ । गाउँपालिकाले फिवर किलिनिक शुक्रबार देखी सचालन गरेको हो । कोभिड -१९ काे राेकथाम , नियन्त्रण र उपचारका लागि गापाका ७ वटै वडामा ज्वराे क्लिनिक संचालन गरेको हो । गाउँपालिकाका सवै वडामा स्वास्थकर्मीहरूले वडा अध्यक्ष,टाेल विकासका पदाधिकारी सँग अावश्यक समन्वय गरि शुक्रबार देखि ज्वराे क्लिनिक सचालन गरिएको गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले बताए । स्वास्थकर्मिले ज्वाेराे,रूवाखाेकि,जिउ दुख्ने लगायतका काेभिड १९ सम्वन्धि राेगकाे राेकथाम तथा विरामिकाे पहिचाहनका लागि गापाका ८२ वटै टाेलमा स्वास्थ्य परिक्षण गरि तथ्यांक राख्न थालिएको प्रमुख प्रशासकिय अधिकृत नागिलाले बताए । ‘म्याग्देका नागरिकहरूकाे स्वास्थ्य अवस्थालाई मध्येनजर गर्दै स्वास्थ्यकर्मीलाई टाेल टाेलमा पठाएका जसबाट काेभिड १९ को रोकथाम पुर्ण रूपमा हुने विश्वास गरिएको छ’ गाउँ पालिका अध्यक्ष मायादेवि रानाले बताईन । यस अगाडि गापाले वडाका टाेल विकास समितिका अध्यक्षलाई ईकाई कार्यान्वयन समूहको संयोजक बनाएकाे थियाे।’टाेल विकास मार्फत काेभिड १९ का शंकास्पद व्यक्तिको तथ्यांक लिने, संक्रमणकाे लक्षण र अावश्यकता पहिचान गर्ने कार्य प्रभावकारि बनेकाे छ’ अध्यक्ष रानाले भनिन् ।
म्याग्दे गापाले विभिन्न देशवाट अाफ्नाे गापामा अाएका व्यक्तिको विवरण लिई उनिहरूकाे स्वास्थ अवस्थाकाे निगरानि पनि गरिरहेकाे छ । स्वास्थ्य शाखा प्रमुख तिलक घिमिरेकाे अगुवाईमा प्रत्येक वडामा फिवर क्लिनिक सचालन हुनेछ । गाउपालिकाले काेभिड १९ ज्वरो स्वास्थ क्लिनिकमा स्वास्थ्यकाे पहुँचवाट टाढा रहेका नागरिकलाई स्वास्थ्य परिक्षण गर्नका लागि सम्पूर्ण नागरिक,राजनितिक दल, जनप्रतिनिधि , टाेल विकास सस्थाका अध्यक्ष, सुरक्षा निकाय,समाजसेवी , सराेकारवाला लाई सहयाेग र समन्वयको लागि अनुराेध गरिएकाे छ । यस्तो क्लिनिक सचालन गर्ने स्थानिय तहमध्ये म्याग्दे तनहुँमा पहिलाे हो । त्यस्तै, गाउँपालिकामा पहिलाे चरणमा १ हजार ५ सय ६० परिवारलाई राहत वितरण गरिसकेको गापा उपाध्यक्ष बालकृण्ण घिमिरेले जानकारि दिए । पहिला चरणमा छुटेका व्यक्तिलाई दोस्रो चरणकाे राहत वितरण कार्य वडा न २,३,४,५,६, र ७ मा सम्पन्न भईसकेको पनि उपाध्यक्ष घिमिरेले जानकारी दिए ।
FACEBOOK COMMENTS