![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाण्डौँ – रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत दक्षिण कोरिया जाने युवाले बेहोर्दै आएको लागत शुल्क घटेको छ ।
सरकारले ईपीएसअन्तर्गत कोरिया जाने युवाले तिर्दै आएको हवाई भाडा घटाएपछि दक्षिण कोरिया जाने नेपाली युवाको लागत शुल्क घटेको ईपीएस कोरिया शाखाका निर्देशक कृष्णप्रसाद खनालले बताए ।
उनले कोरिया जाने कामदारको हवाई भाडा प्रतियात्रु १ सय १८ डलर अर्थात करिब १३ हजार रुपैयाका दरले घटेको जनाउँदै लागत शुल्क पनि घटेको बताए ।
सोमबार राजधानी आयोजित पत्रकार सम्मेलनमा नेपालबाट कोरिया जानका लागि प्रत्येक नेपाली कामदारले हवाई भाडामार्पmत तिर्दै आएको ५ सय ३० अमेरिकी डलरबाट २३ प्रतिशत घटाएर ४ सय ११ डलर कायम गरेको निर्देशक खनालले बताए ।
शाखाका सूचना अधिकृत शोभाकर भण्डारीका अनुसार हवाई भाडा घटाइएपछि अब कामदारले ८ सय १३ डलरमात्र बुझाए पुग्नेछ ।
– कारोबार
FACEBOOK COMMENTS