काठमाडौं, मंसिर ९ – मोरङको पथरीका तात्कालिन गाउँ विकास समितिका पूर्व अध्यक्ष तिलक वान्तवा राईको कोरोना भाइरस संक्रमणका कारण मंगलबार बिहान मृत्यु भएको छ।
६६ वर्षीय राईको मोरङको बूढीगंगास्थित विराट शिक्षण अस्पतालमा मृत्यु भएको हो। अस्पतालका आइसोलेसन प्रमुख सुनिल देवका अनुसार बिहान ४ः३० उनको मृत्यु भएको हो।
पीसीआर परीक्षण गराउँदा पथरीशनिश्चरे नगरपालिका–१ निवासी राईको रिपोर्ट कात्तिक २१ पोजिटिभ आएको थियो। त्यसपछि उनलाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको थियो। स्वास्थ्यमा केही सुधार भएपछि अस्पतालबाट घर आएर आराम गरिरहेको अवस्थामा पुनः श्वासप्रश्वासमा समस्या देखिएको थियो। त्यसपछि विराट शिक्षण अस्पतालको भेन्टिलेटरमा पाँच दिनदेखि राखेर उपचार गरिदै आएको थियो।
FACEBOOK COMMENTS