काठमाडौं, चैत १६- छिमेकी मुलुक भारतमा कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या २७ पुगेको छ ।
भारतीय सञ्चारमाध्यमहरुका अनुसार शनिबार संक्रमणका कारण पाँच जनाको मृत्यु भएको छ । संक्रमणबाट दिल्ली, केरला, तेलंगना, गुजरात र महाराष्ट्रमा एक एक जनाको मृत्यु भएको छ ।
महाराष्ट्रमा ३३ जना थप संक्रमित भेटिएका छन् भने उत्तर प्रदेशमा ६६ जना संंक्रमित भेटिएको संंचारमाध्यमले जनाएका छन् । भारतमा शनिबारमात्र ११ जना नयाँ संक्रमित भेटिएका छन् ।
FACEBOOK COMMENTS