काठमाडौं, चैत १८ – सरकारले ४० वर्षमाथि उमेर समूहलाई कोरोनाभाइरस (कोभिड–१९) विरुद्धको खोप दिने भएको छ।
४० देखि ५९ वर्ष उमेर समूहलाई खोप दिने निर्णय भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। पूर्वाधारका हिसाबले उपयुक्त अस्पतालबाट खोप प्रदान गरिने डा. गौतमले बताए।
उनका अनुसार यो उमेर समूहलाई चीन सरकारबाट प्राप्त खोप दिन लागिएको हो। चीन सरकारले नेपाललाई आठ लाख डोज खोप उपलब्ध गराएको छ।
FACEBOOK COMMENTS