काठमाडौं ।कोरोना भाइरस महामारीको दोस्रो लहरमा धेरै बालबालिकाहरु संक्रमित बनिरहेका छन् । पहिलो लहर भन्दा दोस्रो लहर बालबालिकाका लागि संक्रामक देखिएको अवस्थामा अर्को नयाँ लहर आएमा बालबालिकाहरुका लागि निकै खतरनाक हुने विज्ञहरुले बताइरहेका छन् ।
विद्यालयहरु बन्द भएको अवस्थामा कोरोना भाइरसको नयाँ भेरिएन्ट, बालबालिकाको स्वास्थ्य तथा मानसिक अवस्थाका विषयमा अभिभावकहरुमा चिन्ता थपिइरहेको छ ।
महामारीको समयमा अभिभावकहरुले के गर्ने ? के नगर्ने ? अभिभावकहरु संक्रमित भएको अवस्थामा बालबालिकाको हेरचाह कसरी गर्ने ? अनि बालबालिकाहरु नै संक्रमित भएमा के गर्ने ?डाक्टर शेफाली गुलाटीले इण्डियन एक्सप्रेसमा जिज्ञासाहरुको जवाफ दिएकी छन् ।
कोभिड १९ को तेस्रो लहरको चर्चा सुनिएको छ र सो लहरबाट बालबालिकाहरु सबैभन्दा बढी जोखिममा रहेको भनिएको छ । के त्यो त्रास साँचो हो ?
कोरोना भाइरस महामारीको तेस्रो लहरले बढी बालबालिकाहरुलाई असर गर्ने धेरै विज्ञहरुले चेतावनी दिएका छन् । सिंगापुरमा यस्तो भैसकेको पनि छ । हामीले भाइरसविरुद्ध प्रतिरक्षा हासिल गर्ने भनेको कि त खोप लगाएर हो, कि त एकपटक संक्रमित भैसकेपछि हो ।
धेरै वयस्क मानिसहरु पहिलो तथा दोस्रो लहरमा संक्रमित भैसकेका छन् । हालसम्म खोपहरु केवल वयस्कहरुको प्रयोगका लागि मात्र स्विकृत भएका छन् । पहिलो लहरमा संक्रमित भएका बालबालिकाहरुको संख्या भन्दा दोस्रो लरहमा संक्रमितहरुको संख्या धेरै छ । यसको कारण चाहीँ समग्रमा संख्या नै धेरै हुनु र सबै परिवार नै संक्रमित भएका कारण पनि हुनसक्छ ।
के बालबालिकामा देखिने लक्षणहरु वयस्क व्यक्तिहरुमा देखिने लक्षण भन्दा फरक हुन्छन् ?
सबैभन्दा आम लक्षणहरु भनेका ज्वरो (६३ प्रतिशत), खोकी (३४ प्रतिशत) र त्योसँगै वाकवाकी तथा वान्ता (२० प्रतिशत) र झाडापखाला (२० प्रतिशत) रहेका छन् । वयस्क मानिसहरुमा जस्तै बालबालिकाहरुमा पनि कोभिडका मुख्य लक्षणमा ज्वरो र खोकी नै पर्दछ । तर बालबालिकामा त्यस्तो लक्षण देखिने दर वयस्कमा भन्दा निकै कम हुन्छ ।
अधिकांस बालबालिकामा न्यून तथा मध्यम खालको लक्षण देखिन्छ र केवल ४ प्रतिशतमा मात्रै कडा खालको विमारी हुन्छ । त्यस्तै वयस्कहरुमा छिटो छिटो स्वास फर्ने, अक्सिजन लेवल घट्ने तथा थुक उत्पादन जस्ता लक्षणहरु देखिन्छन् । वयस्कमा जस्तै झाडापखाला तथा वान्ता हुने जस्ता लक्षणहरु बालबालिकामा पनि देखा पर्दछन् । र कहिलेकाहीँ त कोभिड १९ संक्रमणको एकमात्र लक्षणको रुपमा झाडावान्ता लाग्ने गरेको पनि पाइन्छ । समग्रमा सुरुमा स्वासप्रस्वासजन्य र बढी पाचन प्रणालीजन्य लक्षणहरु बालबालिका र वयस्क दुबैमा कोभिडका लक्षणको रुपमा रहने गरेका छन् ।
बच्चालाई कोभिड १९ संक्रमणको लक्षण देखिएमा के गर्ने ?
कोभिड १९ संक्रमणको आशंका भएका वा पुष्टि भएका र ज्वरो, खोकी तथा फ्यारिन्जाइटिस जस्ता सामान्य खालका लक्षण देखिएका बालबालिकालाई सामान्यतया घरमै व्यवस्थापन गर्नु उपयुक्त हुन्छ । दम, मुटुको रोग, मधुमेह, छारे रोग तथा मांशपेशीजन्य लगायतका रोग भएका संक्रमित बालबालिकालाई चाहीँ तत्कालै अस्पताल लैजानु पर्दछ । किनकी पहिले देखिनै अर्को रोगबाट ग्रसित भैरहेका बालबालिकाहरुमा कोभिड १९ को संक्रमणले सिकिस्त बिरामी पार्ने जोखिम हुन्छ ।
संक्रमितको घरमै गरिने व्यवस्थापन अन्तरगत संक्रमित वा आशंकितलाई आइसोलेसनमा राखेर अरुलाई रोग सर्न नदिने, उसको निरन्तर निगरानी गरिरहने र लक्षणहरुको बारेमा जानकारी लिइरहने, आडभरोसा दिने र पोषणयुक्त खानेकुरा र डाक्टरहरुको सल्लाह बमोजिम औषधि आवश्यक परेमा खुवाउने ।
घरमै हेरचाह तथा आइसोलेसनमा रहेका संक्रमित बालबालिकाहरुमा यस्ता कडा लक्षण देखिएमा सचेत हुनु पर्दछः
यदि अभिभावकहरुले पूर्ण खोप लगाइसकेका छन् भने त्यस्ता अभिभावकका बच्चालाई घरमा आइसोलेसनमा राख्नु पर्दछ ? यदि अभिभावकले खोप लगाएका छैनन् भने के गर्ने ?
यदि बच्चामा कोरोना भाइरस पोजिटिभ छ र अभिभावकमा नेगेटिभ देखिएको छ भने अभिभावकले बच्चाको हेरचाह गर्न सक्दछन् । तथापि बच्चाको हेरचाह गरिरहँदा अभिभावकहरुले निम्न कुरामा ध्यान दिनुपर्दछः
FACEBOOK COMMENTS