काठमाडौं, बैशाख ३१ – पर्सा जिल्ला कोरोना भाइरसको हटस्पर्ट बनेपछि स्थानिय प्रशासनले पर्सामा निषेधाज्ञा जारी गरिएको छ भने प्रशासनले बाक्लो मात्रामा सेना पनि परिचालन गरेको छ ।
जिल्ला प्रशासन कार्यालयले एक विज्ञप्ति जारी गरी मंगलबार राति ८ बजेदेखि जेठ ५ गते राति १२ बजेसम्म लागू हुनेगरी पर्सा जिल्लाभर निषेधाज्ञा लागू गरेको जनाएको छ ।
अब पर्सामा औषधी उपचार र अन्य अत्यावश्यक कामबाहेक कोही पनि घर बाहिर निस्कन पाउने छैनन् । मंगलबार मात्र जिल्लामा ५७ जना नयाँ संक्रमितको पुष्टि भएसँगै पर्सा निषेधाज्ञा लागू गरिएको हो । पर्सामा मात्रै अहिले सम्म ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
FACEBOOK COMMENTS