काठमाडौं, वैशाख १० । कोरोना भाइरसह संक्रमणका कारण विश्वभर ३० लाख ८४ हजारभन्दा धेरै मानिसको मृत्यू भएको छ । कोरोना संक्रमणको तथ्यांक राख्दै आएको वल्डोमिटर अनुसार आजसम्म उक्त मानिसको मृत्यू भएको हो ।
तथ्यांक अनुसार अहिलेसम्म सबैभन्दा बढी अमेरिकामा पाँच लाख ८४ हजार २०९ जनाको मृत्यू भएको छ । यसपछि, दक्षिण अमेरिकी मुलुक ब्राजिलमा तीन लाख ८३ हजार ५८७ जनाको मृत्यू भएको छ ।
कोभिड–१९ का कारण सबैभन्दा धेरै मृत्यू हुनेको संख्यामा दक्षिण छिमेकी मुलुक भारत पनि सामेल छ । भारतमा अहिलेसम्म १ लाख ८६ हजार ९२८ जनाको मृत्यू भएको वल्डोमिटरले बताएको छ ।
यसैगरी, कोरोनाबाट मृत्यू हुनेमा चौथो स्थानमा बेलायत छ । बेलायतमा हालसम्म २७ हजार ३४५ जनाको मृत्यू भएको छ ।
FACEBOOK COMMENTS