काठमाडौं, वैशाख १२ । सन् २०१९ देखि विश्वव्यापी महामारीका रुपमा सुरु भएको कोरोना भाइरस महामारीबाट ३१ लाख १२ हजारभन्दा बढीले ज्यान गुमाएका छन् । कोरोना भाइरस (कोभिड–१९ं) महामारी सुरु भएयता उक्त मासिनले ज्यान गुमाएका हुन् ।
हालसम्म महामारीबाट संयुक्त राज्य अमेरिकामा सबैभन्दा बढी कोरोना भाइसरका संक्रमितको मृत्यू भएको छ । कोरोनाको डाटा राख्ने वल्डोमिटरले बताएअनुसार अमेरिकामा अहिलेसम्म ५ लाख ९५ हजार जनाको मृत्यू भएको छ ।
यसैगरी, दोसो स्थानमा रहेको ब्राजिलमा महामारीबाट ३ लाख ८९ हजार, मेक्सिकोमा २ लाख १४ हजार र भारतमा एक लाख ९२ हजारले ज्यान गुमाएका छन् ।
यसपछि बेलायतमा १ लाख २७ हजार, इटालीमा १ लाख १९ हजार जनाको मृत्यू भइसकेको छ । चीनको वुहानबाट सुरु भएको कोरोनाबाट अहिलेसम्म १४ करोड ७० लाख ४१ हजारभन्दा बढी मानिस संक्रमित भइसकेका छन् । तीमध्ये, १२ करोड ४६ लाख ८९ हजार जना निको भएका छन् ।
FACEBOOK COMMENTS