काठमाडौं, मंसिर ४ – विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोपको परीक्षणमा सफलता मिलेको दाबी चिनियाँ अनुसन्धानकर्ताले गरेका छन् ।चरणचरणमा विभिन्न खोपको परीक्षण गर्दै आएको चीनले पछिल्ला परीक्षणमा सफलता मिलेको दाबी गरेको हो । परीक्षण धेरै खोपको गरिसकेको चीनले धेरै खोप मानिसमासमेत लगाइसकेको छ ।
बीबीसीले उल्लेख गरे अनुसार चीनले बनाएको सिनोभ्याक बायोटेक नामक समूहले तयार पारेको खोपले राम्रो काम गरेको छ । सात सय बढी मानिसमा परीक्षण गर्दा उक्त खोपले रोग प्रतिरोधी क्षमता बढाउने प्रतिक्रिया तिब्र रुपमा दिएको समाचारमा उल्लेख गरिएको छ ।
अमेरिका र युरोपमा खोप परीक्षण सफल भइरहेका खबर सार्वजनिक हुँदा चीनलेसमेत सफलता मिलेको संकेत गरेको हो। यसअघि अमेरिका, जर्मनी र रुसमामा विकास भएका खोपको परीक्षणमा ९० प्रतिशत बढी प्रभावकारी देखिएको बताइएको छ ।
FACEBOOK COMMENTS