काठमाडौँ, मङ्सिर २७ – पछिल्लो २४ घण्टामा देशभर ८९९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै १३५९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै १५ जनाको मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार हालसम्म संक्रमितको संख्या २ लाख ४७ हजार ५९३ जना पुगेको छ भने निको हुनेको सख्या २ लाख ३४ हजार २३१ जना रहेका छन् ।
यस्तै हालसम्म सक्रिय संक्रमित ११ हजार ६७२ जना रहेका छन् भने मृतकको संख्या १६८९ जना रहेका छन् ।
यस्तै हालसम्म १८ लाख २५ हजार ८६० जनाको पीसीआर परीक्षण भएको पनि मन्त्रालयले जनाएको छ ।
FACEBOOK COMMENTS