काठमाडौं,चैत ६- इटलीमा कोरोनाभाइरस कोभिड१९ रोगका कारण एकै दिनमा ४७५ जनाको मृत्यु भएको छ।
त्यो सङ्ख्या, चीनमा गत डिसेम्बरमा कोरोनाभाइरसको महामारी सुरु भएपछि देशव्यापी हिसाबले एकै दिनमा मृत्यु हुने बिरामीको उच्चतम सङख्या हो।
कोरोनाको सबैभन्दा खराब प्रभाव देखिएको लोम्बार्डीमा एकैदेखि ३१९ जनाको ज्यान गएको छ।
इटालीमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या झण्डै तीन हजार पुगेको छ ।
कोरोनाभाइरसको त्रासबीच युरोप र अन्यत्र पनि उच्च सतर्कता अपनाइएको छ। विभिन्न देशमा स्वास्थ्य सङ्कटकाल लगाइएका छन्।
इटालीमा अहिलेसम्म ३५ हजार ७ सय १३ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । लोम्बार्डी क्षेत्र सबैभन्दा बढी प्रभावित भएको छ ।केही इटालेलीहरूले केही साताअघि लगाइएका आवतजावत प्रतिबन्धहरूको बेवास्ता गरिरहेका छन्।
आन्तरिक मन्त्रालयका अनुसार मङ्गलवार जरुरी कामबिना बाहिर रहेका ८,००० मानिस समातिएका थिए।पहिलो दिनको तुलनामा त्यो सङ्ख्या चार गुणाले बढी हो। त्यहाँ निषेधाज्ञा अटेर गर्नेलाई जरिवाना वा तीन महिनाको कैद सजायको व्यवस्था छ। बीबीसी
FACEBOOK COMMENTS