काठमाडौं ,कार्तिक १२ – विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले कोरोनाभाइरस नियन्त्रणमा धेरै मुलुक चुक्दै गएको जनाएको छ । उसले कोरोना नियन्त्रणका नहुँदै अमेरिकालगायत विभिन्न मुलुकले लिएको खुकुलो नीतिप्रति इंगित गर्दै यस्तो जनाएको हो ।
यद्यपि, डब्लूएचओले कोरोनाभाइरस विरुद्धको लडाइँमा हार नखान सरकारहरूलाई अपिल भने गरेको छ। सङ्क्रमण बढिरहेको भए पनि यसविरुद्ध कडा कदमहरू चालेमा महामारी नियन्त्रण गर्न सकिने उसको दृढता छ।
कोरोना भाइरस नियन्त्रणका लागि आवश्यक पर्ने कडा प्रतिबन्धका नियमहरू पालना गर्न सरकारहरू तयार हुनुपर्ने भन्दै सङ्गठनले सचेत गराएको छ। डब्ल्यूएचओका महानिर्देशक टेड्रोस एड्हानोम गेहब्रेयससले कोरोनाभाइरसविरुद्धको लडाइँ देशहरूले छोड्न नसक्ने र छोड्न नहुने बताए।
डब्ल्यूएचओले अहिलेकै अवस्थामा यदि सबैले सामाजिक दूरी कायम राख्ने, मास्क लगाउने, घरबाटै काम गर्नेजस्ता जिम्मेवारी निर्वाह गरेमा पूर्णरूपमा लकडाउन नगर्न पनि सकिने जनाएको छ ।
FACEBOOK COMMENTS